काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्व कप २०२५ को समूह ‘जी’ को अन्तिम खेलमा इटालियन टोली युभेन्टसलाई ५–२ ले पराजित गर्दै समूह विजेता बनेको छ। यो जितसँगै सिटीले समूह चरणमा तीन खेलमै जित निकाल्दै शतप्रतिशत प्रदर्शन गरेको एक मात्र टोली बनेको हो।

खेलको पाँचौं मिनेटमै नयाँ खेलाडी रायन आइत-नुरीको उत्कृष्ट पासमा जर्मी डोकुले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
तर, छिट्टै सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युभेन्टसका टियुन कुपमाइनर्सले बराबरी गोल फर्काए

२६ औं मिनेटमा सिटीका म्याथेउस नुनेजले दिएको लो-क्रस युभेन्टसका डिफेन्डर पिएर कालुलुबाट आफ्नै पोस्टमा गोल भई सिटी फेरि अग्रता लिन सफल भयो।

त्यसपछि सिटीले खेलको सम्पूर्ण नियन्त्रण लियो र थप तीन गोल गर्दै खेल ५–२ मा जित्यो। युभेन्टसले दोस्रो गोल फर्काए पनि त्यसले खेलको नतिजा बदल्न सकेन।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile