अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्बेकिस्तानमा हुने महिला एसिया कप छनोटका लागि नेपाली महिला राष्ट्रिय टोलीलाई बिदाइ गरेको छ।
नेपाली टोलि आज मंगलबार त्यसका लागि प्रस्थान गर्दैछ।
समूह ‘एफ’ मा परेका नेपालले लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल जुन २९ मा लाओससँग हुनेछ। समूह विजेता टोलीले अस्ट्रेलियामा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछ। टोलीमा कप्तान अञ्जिला तुम्बापोसहित २३ खेलाडी छन्।

