सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एन.पी.एल.) को आगामी सिजनलाई लक्षित गर्दै आज मिति २०८२ असार ०७ गते रिटेन तथा रिलिज गरिएको खेलाडीहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ।

टोलीले यस सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीप्रति उहाँको प्रभावकारी नेतृत्वको भरोसा कायम राखेको छ। साथै, निरन्तरता दिने अन्य महत्वपूर्ण खेलाडीहरूमध्ये विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्।

रिटेन गरिएका खेलाडीहरू:

  • दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
  • विनोद भण्डारी
  • आरिफ शेख
  • अविनाश बोहरा
  • ईशान पाण्डे
  • नरेन साउद

यसै सन्दर्भमा, आगामी सिजनका लागि रणनीतिक योजना र टिम संरचनालाई सशक्त बनाउँदै केही खेलाडीहरूलाई रिलिज गरिएको छ। टिम व्यवस्थापनले उनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी यात्राको सफलताको कामना गरेको छ।

रिलिज गरिएका खेलाडीहरू:

  • अर्जुन कुमाल
  • नरेश बुढाथोकी
  • खडक बहादुर बोहरा
  • भोजराज भट्ट
  • अमित श्रेष्ठ
  • वसन्त खत्री

सुदूरपश्चिम रोयल्स परिवारले सबै रिलिज गरिएका खेलाडीहरूलाई योगदानका लागि धन्यवाद ज्ञापन गर्दछ र उनीहरूको भविष्य अझ उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ।

सुदूरपश्चिमको पहिचान बोकेको हाम्रो टोलीले टिम निर्माण प्रक्रिया अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। आगामी दिनहरूमा हुने खेलाडी ड्राफ्ट तथा ट्रायलहरूमा नयाँ अनुहारहरूको समेत स्वागत गरिनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile