काठमाडौँ-
जर्मन क्लब बायर्न म्युनिकले अमेरिकामा सुरु भएको क्लब विश्वकप २०२५ को पहिलो खेलमै कीर्तिमानी जित दर्ता गरेको छ। मियामीमा भएको खेलमा बायर्नले न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई एकतर्फी नतिजामा १०–० गोलले पराजित गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो जित हासिल गरेको हो।

खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक प्रदर्शन गरेको बायर्न म्युनिकले पहिलो हाफमै ६ गोल गर्दै आफ्नो दबदबा कायम राखेको थियो। दोस्रो हाफमा थप ४ गोल गर्दै जर्मन जायन्टले सहज जित हात पार्‍यो।

मुसियालाको उत्कृष्ट खेल प्रदर्शन
बायर्नका तर्फबाट जमाल मुसियालाले शानदार प्रदर्शन गर्दै दोस्रो हाफमा ह्याट्रिक गरेका थिए।
थोमस मुलर र किङ्स्ले कोमानले दुई–दुई गोल गरे भने साचा बोए र माइकल ओलिसेले एक–एक गोल थपे।

खेलको तेस्रो मिनेटमै पहिलो गोल गरेका कोमान प्रतियोगिताको नयाँ संस्करणमा पहिलो गोलकर्ता बन्न सफल भए। उनी खेलको सुरुवाती क्षणदेखि नै प्रभावशाली देखिएका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile