काठमाडौँ – राष्ट्रिय प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब विजेता बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एपीएफकी अग्रणी स्पाइकर निरुता थगुना ‘उत्कृष्ट खेलाडी’ घोषित भएकि छिन्।

निरुताले प्रतियोगिताभरि आक्रमणमा सक्रिय भूमिका निर्वाह गर्दै टिमलाई उपाधि जिताउन महत्वपूर्ण योगदान पुर्‍याइन्। विशेष गरी सेमिफाइनल र फाइनल खेलमा निरुताको निरन्तर उत्कृष्ट प्रदर्शनले विपक्षी टिमलाई दबाबमा राख्दै एपीएफको विजयी यात्रा सुनिश्चित गर्यो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिल्यै सफलताको कीर्तिमान राखेकी निरुता थगुनाको यो सम्मानले नेपाली महिला भलिबलमा उनको योगदानलाई थप मान्यता प्राप्त भएको छ। उनी वर्तमान पुस्ताकी एक प्रेरणादायी खेलाडीका रूपमा स्थापित भएकी छन्।

प्रतियोगिताको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। प्रतियोगितामा पुलिस, न्यू डायमन्ड, एपीएफ लगायत अन्य टोलीहरुले भाग लिएका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile