काठमाडौं भ्याली कलेज (केभीसी) को आयोजनामा केभीसी एसइइ कप थ्री बाइ थ्री बास्केटबल शनिबार हुने भएको छ ।

प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने काठमाडौं भ्यालीका अध्यक्ष डा. स्वागत श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा स्वर्णिम, राराहिल, न्यु जेनिथ, ग्रिनफिल्ड र हेम्स तथा समूह ‘बी’ मा युगान्ता, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, विस्डम, कश्यप ‘बी’ र केभीसी रहेका छन् ।

ग्रिनलन्स, आइडियल मोडेल, न्यु अरुणोदय र द एक्सेल पब्लिक समूह ‘सी’ तथा मंगल, ग्रिनल्यान्ड, द एक्सेल्सियर स्कुल र कश्यप ‘ए’ समूह ‘डि’ मा छन् । एकदिने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजकको कोर्टमा हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *