काठमाडौँ । नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबिच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताअन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने भएको छ ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ र ११–३ तथा स्वस्थनीले अस्मिता नगरकोटीलाई ११–३, ११–५ र ११–४ ले हराए । यसअघि, सोही दिन भएको क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११–४, ११–५, ११–१ स्वस्थानले रनसा महर्जनलाई ११–५, ११–३ १२–१०, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११–५, ११–७ ११–६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७–११, ६–११, ११–९, ११–५ र १३–११ ले हराएका थिए । यसैगरी नेपालका नम्बर अरहन्त केशर सिम्ह पुरुष एकलको फाइनलमा पुगेका छन् ।
बागमतीको प्रतिनिधित्व गरेका अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई सजिलै ११–२, ११–३, ११–४ ले हराए । शुक्रबारै क्वाटरपाmइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११–६, ११–५ र ११–५ तथा नैनबहादुरले जान जिसीलाई ११–४, ११–४ र ११–४ ले पराजित गरेका थिए । अरहन्तले फाइनलमा दिपक थापा अथवा पासाङ ब्लोनमध्ये एकविरुद्ध खेल्नेछन् । क्वाटरफाइनलमा दिपकले आभन श्रेष्ठलाई ११–३, ११–४ र ११–७ तथा पासाङले सुर्य कुमार राईलाई ११–५ ११–९ र ११–८ ले निराश पारेका थिए ।

