काठमाडौँ- विश्वकप विजेता अर्जेन्टिनाले ब्युनस आयरिसमा कोलम्बियासँग १-१ को रोमाञ्चक बराबरी खेलेका छन्।
लिभरपुलका विङ्गर लुइस डियाजले तीन जना डिफेन्डरलाई छलेर उत्कृष्ट व्यक्तिगत गोल गर्दै कोलम्बियाका लागि अग्रता दिलाएका थिए। तर खेलको अन्तिम २० मिनेटमा चेल्सीका मिडफिल्डर एनजो फर्नान्डेजले कोलम्बियाका केभिन कास्टानोमाथि गरेको उचो बुट प्रहारका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
तर अन्तिम ९ मिनेट बाँकी रहँदा लियोनेल मेस्सीको टोलीले लियोनका थियागो आल्माडाको गोलमार्फत बराबरी गोल गर्न सफल भयो। यस बराबरीपछि कोलम्बिया सातौँ स्थानमा रहेको भेनेजुएलाभन्दा ४ अंकले अघि छ।

