काठमाडौँ- ब्राजिलले दक्षिण अमेरिकी छनोटअन्तर्गत पाराग्वेमाथि १-० को जित हात पार्दै सन् २०२६ मा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने फिफा विश्वकपको लागि स्थान सुरक्षित गरेको छ। यस जितसँगै प्रशिक्षक कार्लो अञ्चेलोटीले ब्राजिलको व्यवस्थापनमा आफ्नो पहिलो जित पनि दर्ता गरेका छन्।

रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले दोस्रो हाफमा नजिकबाट गोल गर्दै निर्णायक विजयी गोल गरे। उनको गोल म्यानचेस्टर युनाइटेड जाने तयारीमा रहेका मिडफिल्डर मातेउस कुन्हाको उत्कृष्ट पासबाट सम्भव भएको थियो।

गत साता इक्वेडरसँग गोलरहित बराबरी खेलेपछि अञ्चेलोटीको पहिलो जित हो यो। ब्राजिलले अहिलेसम्मको हरेक विश्वकपको लागि छनोट भएको इतिहासलाई कायम राख्न सफल भएको छ।

“हामीलाई जित्नै पर्ने थियो र विश्वकपका लागि छनोट हुनु जरुरी थियो,” भिनिसियसले भने।
“अब प्रशिक्षकसँग टिमसँग काम गर्ने पर्याप्त समय हुनेछ। आजको प्रदर्शन उत्कृष्ट त थिएन, तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको जित हो। अब हामी छनोट भएको खुसी मनाउँछौं।”

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *