काठमाडौँ- फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरसँग आफ्नो भविष्य लामो समयसम्म जोड्ने निर्णय गर्दै नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

केहि साताअघि क्लबसंग असन्तुष्ट रहेका रोनाल्डोले क्लब छाड्न सक्ने कुरा बाहिर ल्याएका थिए।

रोनाल्डोले स्पष्ट रूपमा भनेका छन्, “मेरो भविष्यमा कुनै ठूलो परिवर्तन हुने छैन। म अल नासरमै रहन्छु।”

यो सम्झौताले अल नासरका समर्थकहरूमा उत्साह र आत्मविश्वास थपिएको छ, र रोनाल्डो आगामी सिजनमा पनि साउदी क्लबका लागि आफ्नो योगदान जारी राख्नेछन्।

उनको उपस्थिति अल नासरका लागि मात्र नभई साउदी फुटबलको विकासका लागि पनि महत्वपूर्ण मानिएको छ।

भर्खरै मात्र उनले आफ्नो राष्ट्रका लागि नेसन्स लिग पनि जितेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *