काठमाडौँ, जेठ २५ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई विदाइ गर्नुभएको छ ।

सो इन्टरनेसनल एथलेट्स फोरम आगामी बुधबार र बिहिबार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ ।

सो विदाई कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ बोस र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *