गुल्मीको धुर्कोट गाउँपालिकाद्वारा आयोजित पाँचौा अध्यक्ष कप भलिबलको उपाधि धुर्कोट गाउँपालिका–३, हाडहाडेले जितेको छ । पाँचौँ अध्यक्ष कपको अवसरअन्तर्गत वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हाडहाडे प्रथम भएको हो ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर–३, हाडहाडेले वडा नम्बर–२, पिपलधारालाई हराउँदै प्रथम भएको हो । प्रथम भएको हाडहाडेले ३० हजार नगदसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । द्वितीय भएको पिपलधाराले २५ हजार रुपियाँ नगद र तृतीय भएको वडा नम्बर–६, रजस्थलले २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडास्तरीय महिला भलिबल प्रतियोगितामा वडा नम्बर–७, वाग्लालाई हराउँदै वडा नम्बर–३, हाडहाडे प्रथम भएको हो । महिला भलिबल प्रतियोगिताअन्तर्गत प्रथम भएको हाडहाडेले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

द्वितीय भएको वडा नम्बर–७, वाग्लाले १२ हजार नगद र तृतीय भएको वडा नम्बर–६, रजस्थलले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *