नेपाल बक्सिङ महासंघले एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको बक्सिङ टोलीलाई आइतबार स्वागत गरेको छ ।

बक्सिङ महासंघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको कोलम्बोमा मे १२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ कांस्य पदक जितेको थियो ।

पुरुष ५१ केजीमा अर्पिल राना र ६० केजीमा सिंहवीर लिम्बू तथा महिला ८० केजीमाथि त्रिशा जबेगु र ६० केजीमा नारिका राईले कांस्य जितेको महासचिव भण्डारीले जनाएका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile