श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।
पहिलो दिन ९५ खेल हुनु पर्नेमा वर्षाका कारण ६२ खेल मात्र सम्भव भए । यससंगै आइतबार सम्पन्न हुनु पर्ने प्रतियोगिता सोमबारसम्म लम्बिएको छ ।

पहिलो दिन सिनियर गल्र्समा निम्स विजेता र चेल्सी वल्र्ड स्कुल उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिनियर ब्वाइजमा टीआईए, विल्सन एकेडेमी, प्राण्जली, स्काइलार्क, हिमालय, ग्रिनल्यान्ड, रिलायन्स, स्किब्स, एन्जल्स हार्ट र नेपाल पुलिस स्कुल ‘ए’ ले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा ओडिसी इन्टरनेसनल एकेडेमी, पिपुल्स एकेडेमी, एन्जल्स हार्ट, युनिक नेपाल, नेपाल पुलिस, ज्ञान निकेतन, गोल्डेनपिक, लालीगुराँस नेसनल एकेडेमी र गेटवे एकेडेमीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
धापासीस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, सिनियर गल्र्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिम सहभागी छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile