नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता असार ५ गतेदेखि हुने भएको छ । संघका अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतियोगिता असार ५ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा पुरुष एमेच्योर र सेमी प्रोतर्फ ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि, ७५ केजीमुनि र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलाको एमेच्योर र सेमी प्रोमा ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूहमा खेल हुनेछ । पुरुष÷महिला दुवैमा सेमी प्रोमा सहभागी हुन विगतका प्रतियोगितामा कम्तीमा ३ ‘फाइट’ जितेको हुनु पर्ने छ ।

यो स्पर्धा बाहेक पुरुषमा ६० केजीमुनि र महिला ५० केजीमुनिको प्रोफेसनल फाइट पनि हुनेछ । प्रोफेसनल फाइटमा सहभागी हुन इच्छुकले विगतमा आफूले सहभागिता जनाएको प्रतियोगितामा कम्तीमा ५ ‘फाइट’ जितेको हुनु पर्ने प्रतियोगिता संयोजक समेत रहेका अध्यक्ष कक्षपतिले जनाएका छन् ।

सेमी प्रोमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रोफेसनलको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा वीरेन्द्र ओली तथा सदस्यमा रमा राई र दिल थोकर तथा निर्णायक समितिको संयोजकमा भुपेश शाक्य तथा सदस्यमा सञ्जय राई, अनिल श्रेष्ठ र सन्तोष घलान रहेका छन् ।

प्रचार प्रसार उपसमितिको संयोजकमा मनीष लिबी तथा सदस्यमा विकास खड्का र साजन माली सदस्य छन् । खाना तथा होटल व्यवस्थापन समितिको संयोजकमा बालगोपाल शाह ठकुरी तथा सदस्यमा विकास खड्का र धनकृष्ण श्रेष्ठ सदस्यमा चयन गरिएको छ । स्वयंसेवक तथा सुरक्षा समितिको संयोजकमा दीपक तामाङ तथा सदस्यमा साजन माली र देवराज श्रेष्ठ सदस्य रहेका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile