काठमाडौँ- युरोपा लिग २०२५ को फाइनलमा म्यानचेस्टर युनाइटेड टोटेनहम हट्सपरसँग १-० गोलले पराजित भएपछि क्लबका युवा विङ्गर एलेजान्ड्रो गार्नाचो असन्तुष्ट देखिएका छन्। उनले खेलमा आफूलाई थोरै मात्र समय दिइएको भन्दै सार्वजनिकरूपमा प्रश्न उठाएका छन्।
२० वर्षीय गार्नाचोले भने: “मैले प्रतियोगिताको प्रत्येक चरणमा टोलीलाई योगदान दिएँ, तर फाइनलमा मात्र २० मिनेट खेल्ने मौका पाइयो। मलाई थाहा छैन किन।”
फाइनलमा प्रशिक्षकले उनलाई अन्तिम २० मिनेटमात्रै समय दिएका थिए। फाइनलमा उनको टोलि युनाइटेडलाई हराउदै टोटेनहमले १७ वर्षपछि पहिलो उपाधि जीतेको थियो।

