काठमाडौँ – १३ वर्षसम्म रियल म्याड्रिडको जर्सी लगाएर क्लबलाई सफलता र गौरवका नयाँ शिखरमा पु¥याएका क्रोएसियाली कप्तान लुका मोड्रिचले अब क्लबसँगको यात्रालाई बिदाइ दिने निर्णय गरेका छन्। सन् २०१२ मा टोटेनहम हट्सपरबाट स्पेन पुगेका मोड्रिचले आफ्नो करियरको सबैभन्दा सुनौलो समय रियल म्याड्रिडमै बिताएका थिए।

मोड्रिचको रियलमा सम्झौता आगामी जुन ३० मा सकिँदैछ। यद्यपि, उनले क्लबको तर्फबाट अन्तिमपटक अमेरिकामा हुने फीफा क्लब विश्वकप २०२५ खेलेपछि मात्रै बिदाइ लिने निर्णय गरेका छन्।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै मोड्रिचले भनेका छन्,
“मैले जब २०१२ मा यो क्लबको जर्सी पहिलोपटक लगाएँ, त्यतिबेला मैले यस्तो ऐतिहासिक यात्राको कल्पना पनि गरेको थिइनँ। म यहाँका समर्थकहरू, क्लबका कर्मचारी, सहकर्मीहरू, र अध्यक्ष फ्लोरेन्टिनो पेरेजप्रति सदैव आभारी छु।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile