काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्। उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसअघिका दुई कार्यकाल सदस्य थिए।

काठमाडौँ जिल्लामा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार  तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जनाकारी दिए।

समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन्।
प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन सदस्य छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile