काठमाडौं। नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो। नेपालले प्रस्तुत गरेको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव र कुशल भुर्तेलको नाममा समान दुई विकेट रह्यो। करण केसी, सागर ढकाल र बसीर अहमदले पनि एक विकेट लिए।
त्यसअघि नेपालले ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको थियो। नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। भीमाले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भएका हुन्। अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।

