सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ स्वर्ण सहित नेपाल टिम प्रथम भएको छ । नेपालबाट सहभागी मध्ये आयोजक नक्साल डोजोले सर्वाधिक ६ स्वर्ण, ४ रजत जित्यो ।
त्यसैगरी १४ स्वर्ण २३ रजत र ४४ कास्यसहित भारत टिम दोश्रो भयो भने १ स्वर्ण १ रजत २ कास्य सहित वंगलादेश टिम तेश्रो र १ स्वर्ण पदक सहित कतारले चौथो स्थानमा चित्त वुझायो । नुवाकोट कराते टिम अनुशासित टिम भयो भने न्युटन स्कुलले उत्कृष्ट मार्चपासको उपाधि चुम्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, प्रतियोगिता संयोजक एवं नक्साल डोजोका अध्यक्ष गजेन्द्रवहादुर खपाङ्गी ‘ईश्वर’ कराते महासंघका सल्लाहकार निवाश गोपाल बैध, विदेशी अतिथिहरु मिरजा ग्रान्सफर अली वेग, शोके सैयद, रमेश भडाङ्गे, जितेन्द्र यादव, ईन्जिनियर राहुल श्रीवास्तव, अमे लस्करी, उमेश नायडु, अजय सैनी, मोहम्मद ओैराङ्गेवाजलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो ।

