रियल म्याड्रिडले आइतबार राति सम्पन्न स्पेनिस ला लिगा फुटबलमा सेभियालाई २–० ले पराजित गरेको छ। सेभियाका दुई खेलाडी रातो कार्ड पाएपछि उनीहरू नौ खेलाडीमा सीमित भएका थिए। य
खेलको सुरुआती १२औं मिनेटमै सेभियाका डिफेन्डर लोइक बाडेले रातो कार्ड पाएर मैदान बाहिरिनु पर्यो। दोस्रो हाफ सुरु हुनेबित्तिकै इसाक रोमेरोले पनि रातो कार्ड पाएपछि सेभिया नौ खेलाडीमा सीमित भयो, जसको फाइदा उठाउँदै रियल म्याड्रिडले सहज जित हात पार्यो।
खेलको ७५औं मिनेटमा लुका मोड्रिचको पासमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसपछि ८७औं मिनेटमा गन्जालो गार्सियाको क्रसमा जुड बेलिङ्घमले हेडमार्फत गोल गरे र रियल म्याड्रिडको जित सुनिश्चित गराए।
यद्यपि रियल म्याड्रिडले सानदार जित हासिल गरे पनि ला लिगाको उपाधि भने बार्सिलोना क्लबले पहिले नै जितिसकेको छ। अर्कोतर्फ, सेभियाले पछिल्लो खेलमा लास पाल्मासलाई हराउँदै शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

