काठमाण्डौ- नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २६ ओै बार्षिक उत्सवको अवशरमा आयोजित,११ओै सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता शनिवार देखि शुरु भएको छ ।

नेपाल सहित भारत,बंगलादेश,कतार सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पूर्ब अर्थमन्त्री  एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक कार्यक्रम बिच उदघाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पुनले खेलकुद क्षेत्रले सवै राष्ट्रलाई एकतावद्ध गर्दै भाईचाराको सन्देश विश्व सामु दिने वताउनुभयो ।

कार्यक्रममा नेपाल कराते महासंघका मासचिव तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंग,कतारका क्योसी मिर्जा अली वेग,भारतका सोके सैयद,रमेश भडाङ्गे,अमे लस्करी,मो ओराङ्गेवाज,वंगलादेशका मो.जहिरुल ईस्लाम लगायतकध उपस्थिति हेको थिषो ।

कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाँगी ’ईश्वर’को सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो दिन शनिवार नेपालले ८ स्वर्ण सहित शिर्ष स्थानमा, भारत ६ र वंगलादेशले १ स्वर्ण पदक हाशिल गरे । नेपालको तर्फवाट चिल्डे«न एकल कातामा आयु तामाङग,अमृना तामाङ्ग,ओस्विना तामाङग,प्रविधी थापा र १६–१७ वर्षमा आयोजक नक्सालका स्वरनिमा सिह ठकुरी ले नेपाललाई स्वर्ण दिलाए । त्यसैगरी ६–७ वर्षमा अनमोल मगर र दिक्षा तामाङगले स्वर्ण  जिते ।

त्यसैगरी भारतका युग वालागी भगत,सरत शर्मा,अव्रुनी ,तेजस मलिक,जयन्त वागराकार र माही धारु ले भारतलाई स्वर्णदिलाए भने वंगलादेशका पुरुष सिनियर कातामा दवरोटो चक्रवर्तीले स्वर्ण जिते ।
कुल ६१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको उक्त प्रतियोगताको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । आईतवारसम्म चल्ने प्रतियोगिता कराते एकडेमी हल सातदोवाटोमा सन्चालन भईरहेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile