काठमाडौँ । काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा काठमाडौँ महानगरको ३२ वटै वडामा रहेका खेलाडीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए ।

महानगरमा स्वस्थ खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिन लागिएको वडा नंं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले बताए ।

प्रतियोगितामा पुरुष ५५, ६०, ६५, ७०, ७५ केजी र ७५ केजी माथि तौल स्पर्धामा प्रतिस्पर्धा हुने छ । आगामी वर्षदेखि महिला र अन्य स्पर्धा समोवश गरिने पनि संयोजक श्रेष्ठले बताए ।

प्रत्यके तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई मेडलसँगै क्रमशः ७५, ५० र २५ हजार रुपियाँ पुस्कार प्रदान गरिने छ ।

यस्तै सबै तौलको वितेजाबिच अन्तिममा ओभरल मिस्टर महानगर उपाधि विजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile