काठमाडौँ । स्व डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।
नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागीता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाइ ४ समूहमा बिभाजन गरि लिग चरण अन्तर्गत १ दिनमा ३ देखि ४ खेल खेलाइनेछ ।
प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको इन्ट्रीफी १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा स्व. डम्बर धामिको स्मृतिमा खेलाइँदै छ । डढेलधुराको धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भइ उपचारको क्रममा स्वर्गारोहण भएको थियो । उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटना भएको थियो ।
प्रतियोगिताको समूह एमा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ कलेज छन् । समूह बीमा हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी छन् ।
यस्तै, समूह सीमा कान्तिपुर सिटी कलेज, कलेज अफ आइटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ छन् । यसैगरी समूह डीमा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस छन् ।
प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा समूहको हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेजले प्रतिस्पर्धा गर्नेछ । यस्तै, दोस्रो खेलमा कान्तिपुर सिटी कलेज र हिलसाइडबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी तेस्रो खेलमा कान्तिपुर इन्जिनियरिङ कलेजले पशुपति क्याम्पसको सामना गर्नेछ ।

