बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने भएको छ ।

प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्येश्यकासाथ अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

बिहीबार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनसहित मन्त्रालयलयका सचिव सुर्यबहादुर थापा लगायतको उपस्थितिमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमार्फत अर्वाड कार्यक्रमबारे जानकारी दिइएको छ ।

अर्वाडका लागि खेलाडी छनोट गर्दा यसअघि समाजमा पुर्‍याएको योगदान, खेल क्षेत्रमा परेको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा लगायतका कुरालाई ध्यानमा राखेर गरिनेछ ।

साथै खेलकुदको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेर योगदान दिने एक वरिष्ठ पत्रकारलाई पनि सम्मान गरिने बताइएको छ । साथै युथ समिट भने केहि सातापछि आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile