काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

टोलीले आगामी मे ३० (जेठ १६) मा बन्द प्रशिक्षण खेल खेल्नेछ भने जुन २ (जेठ १९) मा थाइल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ।

यी खेलहरू आगामी एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट प्रतियोगिता तयारीका लागि महत्वपूर्ण अभ्यासको रूपमा लिइएको छ। नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ उसले लाओस, श्रीलंका र उज्बेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रारम्भिक टोलीको सूची:
गोलकिपर:

अञ्जिला तुम्बापो सुब्बा

अञ्जना राना मगर

उषा नाथ

लिला जोशी

डिफेन्डर:

गीता राना

निशा ठोकर

अमृता जैसी

पूजा राना

बिमला बिके

मनमाया दमाई

समीक्षा घिमिरे

प्रतीक्षा चौधरी

सबिना चौधरी

मिडफिल्डर:

रेनुका नगरकोटी

प्रीति राई

सरु लिम्बु

सरस्वती हमाल

सीमा राउत

तुल्सा बोहरा

बिमला चौधरी

अनिता बस्नेत

सबिता राना मगर

सुष्मा तामाङ

फर्वाड:

सबित्रा भण्डारी

रेखा पौडेल

रश्मी कुमारी घिसिङ

अनिता केसी

चन्द्रा भण्डारी

मीना डेउवा

ममता पुन

पूर्णिमा राई

टोलीको प्रशिक्षणको जिम्मा प्रमुख प्रशिक्षक राजेन्द्र तामाङलाई दिइएको छ।

एन्फाले यस अभ्यास खेललाई महिला फुटबलको विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीको सन्दर्भमा महत्वपूर्ण अवसरको रूपमा लिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile