काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ ।

न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो । नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन गरेपनि मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहे । सोमपालले नटआउट ९ रन जोडे । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए । उनी आउट हुँदा नेपाल ५६-६ को दयनीय अवस्थामा थियो । तर गुलशन र आरिफले सताउन विकेटका लागि १ सय ३३ रनको बलियो साझेदारी बुन्दै जितको आधार बनाए ।

त्यसअघि कार्डिफमा अवस्थित न्यू पोर्टले २ सय १२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले १ सय १८ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ सफलता हात पारे । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।

नेपालले स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ । कप्तान रोहित शनिबार बेलायत प्रस्थान गर्दैछन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile