काठमाडौँ- भारतीय क्रिकेटका पूर्व कप्तान विराट कोहलीले हालै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कोहलीको यो निर्णयले क्रिकेट प्रेमीहरूलाई चकित पार्दै भावुक बनाएको छ। यद्यपि, उनका पूर्व प्रशिक्षक रवी शास्त्री भन्छन् — “कोहलीले कुनै पछुतो बिना यो निर्णय लिएका हुन्।”

शास्त्रीका अनुसार, कोहलीले सन्यास घोषणा गर्नु केही दिनअघि उनीसँग व्यक्तिगत रुपमा भेटेर गम्भीर संवाद गरेका थिए। “उनी दढ, आत्मविश्वासी र पूर्णरूपमा सन्तुष्ट थिए,” शास्त्रीले भने। “उनले आफ्नो करियरमा जुन योगदान दिए, त्यसमा उनी गर्व गर्नसक्ने स्थितिमा रहेका छन्।”

‘विराट’ समर्पण र प्रेरणा
शास्त्रीले कोहलीलाई आधुनिक युगको असाधारण खेलाडी भन्दै प्रसंसा गर्दै भने, “टेस्ट क्रिकेटमा उनले जुन जोश, अनुशासन र समर्पण देखाए, त्यो प्रेरणादायी थियो। कप्तानका रूपमा उनको नेतृत्वले भारतीय टोलीलाई नयाँ उचाइमा पुर्‍यायो।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile