काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आगामी जुन १० मा लन्डनको प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा हुने विश्व टेस्ट च्याम्पियनशिप (WTC) फाइनलको लागि सबैभन्दा ठूलो पुरस्कार राशी घोषणा गरेको छ।

यस पटक कुल पुरस्कार राशी ५.७६ मिलियन अमेरिकी डलर (करिब ७५ करोड नेपाली रुपैयाँ) तोकिएको छ, जुन विगतको भन्दा लगभग दोब्बर हो।

यसपटक विजेता टोलीको पुरस्कार ३.६ मिलियन डलर हुनेछ भने उपविजेताको २.१६ मिलियन डलर रहनेछ।

अघिल्लो संस्करणमा विजेताले १.६ मिलियन डलर र उपविजेताले ८०० हजार डलर मात्र पाएका थिए।

यसपटक दक्षिण अफ्रिका र अष्ट्रेलियाले उपाधीका लागि भिड्नेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile