काठमाडौं – पूर्व श्रीलङ्का क्रिकेटर पबुदु दसनायकेलाई अमेरिकाको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा पुन नियुक्त गरेको छ। यो उनको अमेरिकाको टोलीसँग दोस्रो कार्यकाल हो। उनले गत वर्षको अन्त्यमा राजीनामा दिएका स्टुअर्टलको स्थान लिएका थिए।

पबुदुले २०१६ देखि २०१९ सम्म अमेरिकाको मुख्य प्रशिक्षक भएर टोलीलाई अन्तर्राष्ट्रिय एकदिवसीय (ODI) स्थिति दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसपछि उनी क्यानडा र नेपालको क्रिकेट टोलीमा समेत प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

दसनायकेले नियुक्तिपछि भने, “अमेरिकाको क्रिकेट टोलीको नेतृत्व पाउनु मेरो लागि ठूलो सम्मान हो। मैले अघिल्लो कार्यकालमा टोलीसँग धेरै उपलब्धि हासिल गरेको छु र यसपटक पनि अझ राम्रो प्रदर्शन गर्ने विश्वास छ।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile