काठमाडौं– मेजर लिग सकरःअन्तर्गत मंगलबार सम्पन्न खेलमा इन्टर मायामी सान जोस अर्थक्वेक्ससंग बराबरिमा रोकिएको छ।
इन्टरका ताडेओ आलेन्दे ले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। म्याक्सिमिलियानो फाल्कन ले इन्टर मियामीका लागि तेस्रो गोल गरेका थिए।
सान जोसका तर्फबाट क्रिस्टियन अराङ्गो, ब्यू लरूक्स, र इयान हार्क्स ले गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए।

