दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय रग्बी खेलाडी कोर्नाल हेन्ड्रिक्सको ३७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उनले १२ टेस्ट खेलमा ५ ट्राइ गर्दै राष्ट्रिय टोली स्प्रिङबक्सका लागि खेलेका थिए।

हेन्ड्रिक्सले २०१४ मा वेल्सविरुद्ध टेस्ट डेब्यु गरेका थिए। उनले २०११ देखि २०१४ सम्म दक्षिण अफ्रिकाको सेभेन्स टोली ब्लिट्जबक्सका लागि पनि खेलेका थिए, जसमा २०१३ को रग्बी विश्वकप सेभेन्स र २०१४ को राष्ट्रमण्डल खेलमा स्वर्ण पदक जितेका थिए।

२०१५ मा हृदयसम्बन्धी समस्याका कारण उनले पेशागत करियरबाट अवकाश लिनुपरेको थियो। तर, दोस्रो चिकित्सकीय रायपछि उनले २०१९ मा प्रिटोरियास्थित सुपर रग्बी टोली बुल्ससँग पुनः खेलमा फर्किएका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile