काठमाडौं– इंग्ल्याण्डका पूर्व कप्तान जोस बटलरले आईपीएल २०२५ को प्लेअफ चरणमा भाग नलिने निर्णय गरेका छन्। उनले आफ्नो फ्रेन्चाइजी टोली गुजरात टाइटन्स प्लेअफमा पुगे पनि आफू इंग्ल्याण्डको वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजमा सहभागी हुनेछन्।
बटलरले यस सिजन आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ११ इनिङमा ५०० रन बनाएका छन् । गुजरात टाइटन्स शीर्ष चारमा रहेका कारण प्लेअफ पुग्ने नजिक छन्।
तर, आईपीएलको प्लेअफ तालिका र इंग्ल्याण्डको अन्तर्राष्ट्रिय सिरिज एकै मितिमा पर्ने भएपछि बटलरले राष्ट्रिय टोलीलाई प्राथमिकता दिने निर्णय गरेका हुन्।

