काठमाडौं। श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) ले जेठ पहिलो साता बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना कालदेखि नै क्लबले विभिन्न स्तरका खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै यश संस्थाले विगतमा क्लबले पहिलोपटक एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, बाग्मती लिग प्रतियोगिता, पाँचपटक इन्टर डोजाङ प्रतियोगिता, एकपटक उपत्यका स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगिता, साथै दुईपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको गौरवपूर्ण इतिहास रहेको छ।
यसै क्रममा, क्लबले आगामी जेठ ३ र ४ गतेका दिन हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारा काठमाडौंमा “दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा टोखा नगरपालिका रहनेछ भने बाग्मती प्रदेश तेक्वान्दो संघ सह-आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहनेछ ।
यस प्रतियोगितामा बाग्मती प्रदेशका १३ जिल्लाबाट ३६ स्वर्ण पदकका लागि ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा हुनेछ। खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवर्द्धन प्रतियोगिताको मुख्य उद्देश्य हो।काठमाडौं। विं.स. २०७८ सालमा स्थापना भएको श्री समाज खेलकुद विकास क्लब (एसकेबिसी) ले जेठ पहिलो साता बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना कालदेखि नै क्लबले विभिन्न स्तरका खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै यश संस्थाले विगतमा क्लबले पहिलोपटक एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता, बाग्मती लिग प्रतियोगिता, पाँचपटक इन्टर डोजाङ प्रतियोगिता, एकपटक उपत्यका स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगिता, साथै दुईपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको गौरवपूर्ण इतिहास रहेको छ।
यसै क्रममा, क्लबले आगामी जेठ ३ र ४ गतेका दिन हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारा काठमाडौंमा “दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा टोखा नगरपालिका रहनेछ भने बाग्मती प्रदेश तेक्वान्दो संघ सह-आयोजक तथा प्राविधिक सहयोगीको रूपमा रहनेछ ।
यस प्रतियोगितामा बाग्मती प्रदेशका १३ जिल्लाबाट ३६ स्वर्ण पदकका लागि ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा हुनेछ। खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवर्द्धन प्रतियोगिताको मुख्य उद्देश्य हो।

