काठमाडौँ । थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्दैछ।

नेपाली समय अनुसार यो खेल १२:३५ बजेदेखि शुरु हुनेछ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।

त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो। त्यस्तै बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नै पर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile