मोरक्कोको राजधानी राबतमा मंगलवार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ।

यी दुई पत्रकारले उकालो डट कममा संयुक्त रुपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागूऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद’ लेखका लागि स्पेशल मेन्सन दिइएको हो।

एआइपीएस स्पोर्टस् मिडिया अवार्डमा प्रत्येक विधाको शीर्ष ३ को उपाधि दौडमा नपरेको तर राम्रो आलेखहरुलाई स्पेशल मेन्सनमा उल्लेख गरिन्छ।

यसअघि नेपालका खेल पत्रकारहरु गोविन्दराज नेपाल र नमिन ढकालको आलेख पनि स्पेशल मेन्सनमा परेका थिए। सन् २०२० को हंगेरीमा भएको एआइपीएस स्पोर्टस मिडिया अवार्डमा भने प्रज्वल ओलीको लेखले ‘वेस्ट कोलम’ विधामा अवार्ड जितेको थियो। उनी एआइपीएस अवार्ड जित्ने एसियाको पहिलो पत्रकार पनि बनेका थिए।

एआइपीएस स्पोर्टस मिडिया अवार्ड खेलपत्रकारहरुको विश्व संस्था एआइपीएसले हरेक वर्ष प्रदान गर्ने खेल पत्रकारहरुको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो।

यसमा शीर्ष ३ मा पर्ने विधाका विजेताहरुले क्रमश: ८ हजार, ३ हजार र २ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।
विभिन्न १२ विधामा प्रदान गरिने अवार्डका लागि यसवर्ष १३६ देशबाट २०६५ पत्रकारहरुले आलेख, फोटो, भिडियो, अडियोमा प्रतिस्पर्धा गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile