काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ।

नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल बिहान १२:१५ बजेदेखि सुरु हुँदैछ।

प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।

कुल ९ देशले भाग लिने यस एशिया छनोटमा नेपाल समुह सी मा रहेको छ। नेपालको समुहमा बहराइन र हङकङ रहेका छन्। एशिया छनोटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन्।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन्। फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्।

नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile