काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ।
नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल बिहान १२:१५ बजेदेखि सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि अंक बाँडेको नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।
कुल ९ देशले भाग लिने यस एशिया छनोटमा नेपाल समुह सी मा रहेको छ। नेपालको समुहमा बहराइन र हङकङ रहेका छन्। एशिया छनोटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन्।
समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन्। फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्।
नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ।

