सेशेल्सको पाराडाइज एरिनामा सम्पन्न फिफा बीच सँकर विश्वकप २०२५ को फाइनलमा ब्राजिलले बेलारुसलाई ४–३ ले पराजित गर्दै कीर्तिमानी सातौं पटक उपाधि जितेको छ।

यो उपाधि जितसँगै ब्राजिलले लगातार दोस्रो पटक विश्वकप उपाधि जितेको हो। फाइनल खेलमा ब्राजिलका लागि रोड्रिगोले निर्णायक दुई गोल गर्दै टोलीलाई जित दिलाए।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू:

एडिडास गोल्डेन बल: रोड्रिगो (ब्राजिल)

एडिडास सिल्भर बल: इहार ब्रिष्टसेल (बेलारुस)

एडिडास ब्रोनज बल: बे मार्टिन्स (पोर्चुगल)

एडिडास गोल्डेन स्कोरर: इहार ब्रिष्टसेल (बेलारुस)

पोर्चुगललाई कांस्य पदक
तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगललेसेनेगललाई ३–२ ले पराजित गर्दै कांस्य पदक जित्यो। खेलको अन्तिम समयमा आन्द्रे लोरेन्सोले निर्णायक गोल गर्दै पोर्चुगललाई जित दिलाए।

सेशेल्समा ऐतिहासिक आयोजना
यो प्रतियोगिता अफ्रिकामा पहिलो पटक आयोजना गरिएको फिफा बीच सॉकर विश्वकप हो। पाराडाइज एरिनामा ९ दिनसम्म चलेको प्रतियोगितामा करिब ८०,००० दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन्। सेशेल्स, चिली, ग्वाटेमालार् र माउरिटानियाले पहिलो पटक फिफा प्रतियोगितामा सहभागिता जनाएका थिए।

यो प्रतियोगितामा ३२ खेलहरूमा कुल २८८ गोलहरू भएका थिए, यो संख्या प्रतियोगिताको इतिहासकै दोस्रो उच्च स्कोर हो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile