एसियन ई स्पोर्ट्स च्याम्पियनसिपमा पाकिस्तानले पहिलो हुदा नेपाल तेस्रो भएको छ।
ई स्पोर्ट्स सङ्घ नेपाल (ईशान)को आयोजनामा भएको पब्जी मोबाइल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो ।
प्रतियोगिता तीन दिनसम्म अनलाइनमार्फत चलेको थियो । पाकिस्तान १५ खेलमा चार पटक चिकेन डिनर जित्दै एक सय ७३ अङ्कको साथ शीर्ष स्थान हासिल गरेको हो ।
इन्डोनेसियालाई मात्र चार अङ्कले पछि पार्दै पाकिस्तानले उपाधिमाथि कब्जा जमाएको हो । इन्डोनेसियाले १५ खेलमा तीन पटक चिकेन डिनर जित्दै एक सय ६९ अङ्कसहित दोस्रो स्थान कब्जा गरेको छ ।
नेपाल निलो टिमले चार चिकेट डिनर सहित एक सय ५४ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ । नेपाल राताले एक सय १८ अङ्कसहित चौथौ र मलेसिया एक सय १२ अङ्कसहित पाँचौँ स्थानमा चित्त बुझायो ।
छैटौं स्थानको जोर्डनले ९० अङ्क बनायो । प्रतियोगितामा पाकिस्तानका फाल्का सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उपाधिसहित पाकिस्तानले चार लाख रुपियाँ पुरस्कार पायो ।
दोस्रो भइको इन्डोनेसियाले दुई लाख, तेस्रो स्थानको नेपाल निलोले एक लाख ५० हजार, चौथो भएको नेपाल रातोले एक लाख, पाँचौँ र छौटौँ स्थानमा आएको मलेसिया र जोर्डनले समान ५० हजार रुपियाँ पुरस्कार पायो ।
सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपियाँ प्राप्त गरे।
प्रतियोगितामा नेपालसहित १४ देशका खेलाडीले भाग लिएका थिए ।

