काठमाडौं, नेपाल इस्पोर्ट्स सङ्घको आयोजनामा आजदेखि सुरु भएको एसियाली भिडन्त पब्जी मोबाइल प्रतियोगिताको पहिलो दिन सम्पन्न हुँदा इन्डोनेसिया शीर्ष स्थानमा पुग्न सफल भएको छ।

आज सम्पन्न पाँचवटा खेलमध्ये दुई खेलमा विजय (चिकन डिनर) हासिल गर्दै इन्डोनेसियाले अठहत्तर (७८) अंक जोडेर अग्रता लिएको हो। पाकिस्तानले अठाउन्न (५८) अंक सहित दोस्रो स्थान हासिल गरेको छ भने नेपाल रातो टोलीले इकावन्न (५१) अंक बटुल्दै तेस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल निलो टोलीले त्रिचालीस (४३) अंक प्राप्त गर्दै चौथो स्थानमा रहन सफल भएको छ।

कुल चौध राष्ट्र सहभागी यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट तीन टोली प्रतिस्पर्धामा सहभागी छन्। दश लाख रुपैयाँ पुरस्कार राशी रहेको यस प्रतियोगितामा विजेता टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

एसियाली भिडन्त प्रतियोगिता आगामी जेठ २७ गतेसम्म सञ्चालन हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile