कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ।

लोहरपुर खेल मैदानमा भएको फाईनल खेलमा आयोजक श्री जनहित क्लब बी लाई हराउँदै गौरीगंगा च्याम्पीयन भएको हो। थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको पाचौं संस्करणको फाईनलमा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो।

विजेता भएसँगै गौरीगंगाले नगद एक लाख सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक श्री जनहित क्लब बी ले ५० हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ। सुदुरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार गरेका थिए।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको थियो। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile