काठमाडौं । एसियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही वैशाख २९ देखि जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन ।

खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित बिदाइ गरे ।

२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफिसियलहरू बैशाख २७ गते कोलम्वो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले जानकारी दिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile