काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।

३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्धशतकसहित ४३०१ रन बनाएका हुन् ।

टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए ।

उनले टी-२०आई क्रीकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile