काठमाडौँ -राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
च्यासल रंगशालामा बुधबार फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २–० गोलले हराएर च्याम्पियन बनेको हो ।
शीर्ष तीन स्थानका विजेता टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाए । राष्ट्रिय महिला हक्कीमा पनि आर्मी टिम नै विजेता बनेको थियो ।
प्रतियोगितामा इमर्जिङ प्लेयर एपीएफका पवन मावो, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोसन राई चुनिए भए । सर्वाधिक गोलकर्ता आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले ६ गोल गरेका थिए ।
आर्मीका देवसिंह धामी प्लेयर अफ द टुर्नामेन्ट भए ।
नेपाल पुलिस क्लब तेस्रो भयो । विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३–० गोलले हराएको हो ।

