राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधीका लागि आज नेपाल आर्मी र गण्डकी प्रदेश भिड्दैछन्।

च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित गरेको थियो । आर्मीका कासीराज राईले ह्याट्रिक गरे भने राजेन्द्र कार्कीले २ तथा प्रदीप राजवंशीले १ गोल थपेका थिए । आर्मीका देवसिंह धामी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।

फाइनल प्रवेशसंगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा रहेको छ ।

सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ को गोलअन्तरले पाखा लगाएको हो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile