ललितपुर– काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् ।

मंगलबार विहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका छन् । वर्षाका कारण गोदावरी बहुउदेश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो । जारी प्रतियोगितामा यो पहिलो बराबरीमा हो । तारकेश्वरका लागि सुजन महर्जन र कन्ज्योसोमका लागि अनिल तामाङले गोल गरे ।

यो नतिजासँगै समूह ‘डी’ बाट तारकेश्वर र कोन्ज्योसोमले एक–एक अंक जोडेका छन् । खेलको म्यान अफ दि म्याच अनिललाई तारकेश्वरका मेयर कृष्णहरि मर्हजन र कोन्ज्योसोमका प्रमुख कृष्णमान लामाले ट्रफि तथा नगद हस्तान्तरण गरे ।

अब दुबै टोलीले कीर्तिपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ । बुधबार च्यासल मैदानमा महालक्ष्मी नगरपालिका र बाग्मती गाउँपालिकाबीच खेल हुनेछ । उपत्यकाका २१ मध्ये १३ पालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

जेठ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile