काठमाडौं। नेपाली गोलकिपर अञ्जना राना मगरले ९ वर्षपछि विभागिय घरेलु टोली त्रिभुवन आर्मी क्लब छाडेकी छिन्।
करिब एक दशकदेखि आर्मीको जर्सीमा देखिँदै आएकी उनी अर्को विभागीय टोली एपिएफ क्लबमा अनुबन्ध भएकि हुन्।
राष्ट्रिय टोलिकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा व्यवसायिक फुटबल खेल्नको लागि विदेश गएपछि एपिएफ क्लब भरपर्दो गोलकिपरविहीन रहेको थियो।
पहिलो रोजाइकी गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा व्यावसायिक लिग खेल ग्रिस पुगेपछि एफिएफ सिनियर गोलकिपरविहीन भएको हो। त्यसैले एन्फा महिला लिगदेखि उमेर समूहबाट खेलिरहेकी सावित्री किशनलाई एपिएफले गोल पोस्टको जिम्मेवारी सुम्पिएको थियो।

