काठमाडौं — नेपाली महिला मिडफिल्डर रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८१ बाट सम्मानित भएकी छन्।

गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित NCM DAY कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कार घोषणा कार्यक्रममा अमन प्रताप अधिकारीले रेणुका नगरकोटेलाई ‘Unsung Hero’ को रूपमा सम्मान गर्दै भने, “उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष—दुवै कुरा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ।” कार्यक्रममा नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशील भक्त माथेमाले पनि रेणुकालाई बधाई दिँदै भने, “उहाँको खेल जीवन अझ उर्जावान बनोस् भन्ने शुभकामना छ।”

रेणुका नगरकोटेले नेपाली महिला फुटबलको मिडफिल्डबाट खेल्दै आएका अनेकौं प्रतिस्पर्धामा उल्लेखनीय योगदान दिएकी छिन्। समाजमा कम चर्चा पाइरहेकी प्रतिभाको पहिचान गर्दै उनलाई पुरस्कृत गर्नु आयोजक संस्थाको प्रेरणादायी कदमको रूपमा हेरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile