काठमाडौँ- भारतमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको तयारीका लागि नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलिको प्रारम्भिक ३३ खेलाडीको नाम सार्वजनि गरिएको छ।

टोलिका मुख्य प्रशिक्षक अर्जन श्रेष्ठले सोमबार ५८ खेलाडीबाट ३३ खेलाडीको सूची सार्वजनिक गरेका हुन्। यसअघि उनले टोलीको बन्द प्रशिक्षणका लागि ४२ खेलाडी बोलाएका थिए।

नेपालको प्रारम्भिक टोलि :

गोलकिपर : भक्त बहादुर परियार, पेम्बा नोर्बु भोटे, बिशेष बानिया, उपेन्द्र लावन, रोजन प्रधान

डिफेन्डर : रोशन तामाङ, करण तामाङ, सुजल मान घले, समिर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्धान्त खड्का, कुशन नेम्वाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा, निशान बान्तवा

मिडफिल्डर: कृष्ण बहादुर आले, कृष्ण मगर, सरोज डर्लामी, लाछु थापा, पवन पाख्रिन, सबिन लुङ्गेली मगर, धरवेन्द्र कुँवर, विनायक थारू, विज्ञान खड्का, रणजीत लामा, बिक्रम गौतम

फर्वाड : सुजन डंगोल, सुबाश बम, सन्तोष गोम्बा, प्रसुन तामाङ, विजय उराउ

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile