काठमाडौं, चैत २४ गते । दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विस्ट तथा गल्र्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन हुनुभयो ।

पुरुषमा रुविन महजन र महिलामा दिया देउवा वैकल्पिकमा रहनुभएको छ ।

यसैगरी यु१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गल्र्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गर्नुभयो ।

पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्य वैकल्पिकमा हुनुहुन्छ ।
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *